News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको भृकुटीमण्डपमा भोलिदेखि शुरू हुने नाडा अटो शोको सम्पूर्ण तयारी पूरा भएको नाडाले सोमबार जनाएको छ।
- अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार २१५ भन्दा बढी स्टल तयार भएका छन् र प्रदर्शनीस्थललाई पाँच क्षेत्रमा विभाजन गरिएको छ।
- उपराष्ट्रपति रामसाई प्रसाद यादवले बिहान साढे १० बजे कार्यक्रम उद्घाटन गर्नेछन्, जहाँ प्रवेश शुल्क सर्वसाधारणलाई २०० र विद्यार्थीलाई १५० रुपैयाँ तोकिएको छ।
८ भदौ, काठमाडौं । भोलि मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको छ । मोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलन गरी सम्पुर्ण तयारी पुरा भएको बताएको हो ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्ममा २ सय १५ भन्दा बढी स्टलहरु तयार भएका छन् । अध्यक्ष उप्रेतिले गत वर्षभन्दा यस पटक स्टल फराकिलो र व्यवस्थित रहेको दाबी गरे । उनका अनुसार प्रदर्शनीस्थल ह्विल चेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरुको पर्याप्त व्यवस्था गरिएको छ ।
त्यस्तै प्रदर्शनीस्थलमा चारपांग्रे, दुईपांग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल / मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ ।
त्यस्तै अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पार्ट्ससम्बन्धी अध्ययन तथा अवलोकत गर्न सक्नेछन् । जसले .गाडी किन्नेहरुले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त हुनेछ ।
नाडाका अनुसार प्रदर्शनीस्थलमा ५३ सवारी ब्राण्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाहरुले भाग लिएका छन् ।
नाडाले अग्रिम टिकट बुकिङको पनि व्यवस्था गरेको छ । अग्रिम टिकको लागि खल्तीको एप वा आधिकारिक क्यूआर कोड मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको नाडाले जनाएको छ ।
बिहान साढे १० बजेदेखि सुरु हुने सो कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गर्नेछन् । अवलोकनकर्ताको लागि नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ ।
त्यस्तै प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलबध रहेको छ । त्यसैगरी सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरेको नाडाले जनाएको छ ।
प्रतिक्रिया 4