+
+
Shares

‘अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री द्रुत रूपमा पुर्‍याइरहेको र बिहान ६:३० बजेदेखि उद्धार उडान सुरु भएको जानकारी गराए।
  • उनले बिहानदेखि १५ भन्दा बढी उडान भइसकेको र थप हेलिकोप्टरहरू तयारी अवस्थामा रहेको बताए।
  • उनले प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट र अन्य उपकरण पुर्‍याइरहेको तथा नुवाकोटमा अस्थायी शिविर र खाना–पानीको व्यवस्था गरिएको जानकारी गराए।

११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्रीहरू द्रुत रूपमा पुर्‍याउने काम भइरहेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री शाहले उद्धारका लागि आज बिहान ६:३० बजेदेखि उडानहरू सुरु भइसकेका जानकारी गराए । बिहानदेखि हालसम्म १५ भन्दा बढी उडानहरू भइसकेका र  थप हेलिकोप्टरहरू उडानका लागि तयारी अवस्थामा रहेको प्रधानमन्त्री शाहले बताए ।  

नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गर्न सफल भएको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको छ,’ प्रधानमन्त्री शाहले भने ।

प्रभावित स्थानमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट, फलाम–ढुङ्गा काट्ने मेसिन लगायत पुर्‍याउने क्रममा रहेको उनले बताए ।  

विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था छिट्टै हुने प्रधानमन्त्री शाहले बताए ।

‘नुवाकोटमा अस्थायी शिविर तयार गरिसकिएको छ । खाना तथा पानीको व्यवस्था गरिएको छ,’ प्रधानमन्त्री शाहले जानकारी गराउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ड्रोन सर्वेबाट सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा छ । उद्धारको क्रममा हेलिकोप्टरमा सुरुमा सिकिस्त, वृद्ध, महिला र बालबालिकाहरूलाई प्राथमिकता दिइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?