News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ५७९ पुगेको प्राधिकरणले जनाएको छ।
- रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ र चितवनमा शव फेला परेको प्राधिकरणले जनाएको छ।
- बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन रहेको र नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य निकायका कर्मचारी पनि सम्पर्कविहीन छन्।
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साँझ ७ बजेसम्म ५७९ जनाको शव फेला परेको हो।
रसुवामा १२, नुवाकोटमा ३७ धादिङमा ४० गोरखामा ४६ नवलपरासी पूर्वमा १५४ नवलपरासी पश्चिम २७ तनहुँ ३० चितवन २३३ जनाको शव भेटिएको छ।
त्यस्तै बाढीमा परेर १९२४ जजना सम्पर्क भएको उल्लेख छ ।
नेपाल प्रहरी २८ नेपाली सेना ४५ सशस्त्र प्रहरी १३ भन्सार कार्यालय १५ जना अध्यागमन कार्यालका कर्मचारी सम्पर्कविहीन भएका छन्।
त्यस्तै रसुवाबाट सम्पर्क भएका १६१, नुवाकोटबाट १, जलविद्युत आयोजनाबाट ९३३, मकवानपुरका ६६, सम्पर्कविहीन विदेशी नागरिक ५१७ जना, विदेश बस्ने नेपाल घुम्न आएका नेपाली १२६ जना र लाङटाङ निकुञ्जका ३ जना पनि सम्पर्कविहीन छन्।
प्रतिक्रिया 4