News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन् ।
- सांघाईमा न्युजिल्यान्डका कासिब मर्डोकलाई हराएपछि रवीन्द्रले नेपालमा बाढीले गाह्रो भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
- बालेनले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै रवीन्द्रलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिएका छन् ।
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका नेपाली फाइटर रवीन्द्र ढाँटलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको भन्दै धन्यवाद दिएका छन् ।
‘नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद,’ उनले लेखेका छन् ।
चीनको सांघाईस्थित अक्टागनमा भएको खेलमा न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र फाइनलमा पुगेका थिए । जितपछि रवीन्द्रले बाढीले नेपालमा गाह्रो भइरहेको र सबैले सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री बालेनले रवीन्द्रको सफलता राष्ट्रकै लागि गौरवको विषय भएको बताए । ‘सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ,’ उनले लेखेका छन् ।
प्रतिक्रिया 4