News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरेर काठमाडौं फर्केका छन्।
- उनी नुवाकोट पुगेर बाढीपीडित, स्थानीय र घाइतेहरुलाई भेटेका छन्।
- भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल नुवाकोटमै रहँदा सेनाले उद्धार र खोजबिनको प्रगतिबारे उनलाई अवगत गराएको छ।
११ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नुवाकोट सदरमुकाम विदुर र आसपासको क्षेत्र निरीक्षण गरी काठमाडौं फर्केका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल र उनको टिम त्यहाँस्थित सेनाको ब्यारेकमा पुगेको छ ।
सरकारी स्रोतका अनुसार बिहीबार प्रधानमन्त्री नुवाकोट आउने कार्यक्रम बनेको थिएन । तर अन्तिम समयमा प्रधानमन्त्री बालेन स्वयंले नुवाकोट गएर बाढी प्रभावितको हालचाल बुझ्ने विचार गरेका थिए। त्यसपछि उनको भ्रमण तय भएको थियो ।
नुवाकोट पुगेर उनले विभिन्न क्षेत्रका बाढीपीडित, स्थानीय र घाइतेहरुलाई भेटेका छन् ।
उनी काठमाडौं फर्के पनि भौतिकमन्त्री लम्साल नुवाकोटमै छन् । नेपाली सेनाले उद्धार र खोजबिनमा भइरहेको प्रगतिबारे मन्त्री लम्साललाई अवगत गराएको छ । शीघ्र प्रतिकार्य र उद्धारका लागि थप कोसिस गर्न मन्त्री लम्सालले निर्देशन दिएका छन् ।
त्यस्तै सञ्चारमन्त्री विक्रम तिमिल्सिना हिजो बुधबार दिउँसोदेखि नै नुवाकोटका विभिन्न क्षेत्रमा निरीक्षणमा छन्।
प्रतिक्रिया 4