+
+
Shares

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जामा १० भदौको बाढीपछि सुरक्षाकर्मीसहित ८ जना बुधबारदेखि सम्पर्कविहीन छन्।
  • वालिङ–१४ का असई सम बहादुर थापा, कालिगण्डकी–४ का नेपाली रोहन राना र भिरकोट–२ का गणेश कार्की सम्पर्कमा छैनन्।
  • कालीगण्डकी–४ का गुरुदत्त पाण्डे, भिरकोट–५ का कृष्ण अर्याल र राधा अधिकारी, चापाकोट–१० का दिनामणि पंगेनी र कालीगण्डकी–३ का तिलक राना पनि सम्पर्कविहीन छन्।

१३ भदौ, काठमाडौं । १० भदौमा आएको बाढीबाट स्याङ्जाका ८ जना हालसम्म सम्पर्कविहीन छन् । तीन जना सुरक्षाकर्मी सहित आठ जना सम्पर्कविहीन छन् ।

भिरकोट नगरपालिका, र कालिगण्डकी गाउँपालिकाका ३/३ जना, वालिङ र चापाकोट नगरपालिकाका १/१ जना सम्पर्कविहीन छन् । वालिङ–१४ घर भएका २८ वर्षी असई  सम बहादुर थापा, कालिगण्डकी–४ घर भएका ३० वर्षीय नेपाली रोहन राना र नेपाल आर्मीमै कार्यरत भिरकोट–२ का ३१ वर्षीय गणेश कार्की बुधबारदेखि सम्पर्कमा छैनन् ।

अन्य सम्पर्कविहीनहरुमा कालीगण्डकी गाउँपालिका–४ का ५४ वर्षका  गुरुदत्त पाण्डे, भिरकोट नगरपालिका–५ का ७० वर्षका कृष्ण अर्याल र ६८ वर्षकी राधा अधिकारी, चापाकोट नगरपालिका–१०,  का ४१ वर्षका दिनामणि पंगेनी र  कालीगण्डकी गाउँपालिका–३ का ५२ वर्षका तिलक राना सम्पर्कमा विहिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?