News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कार्यालयले रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ को सुरुङमा उद्धारका लागि चिनियाँ टोली पठाइएको सूचना दिएको थियो, तर त्यो गलत पाइएको छ।
- २१६ मेगावाटको अपर त्रिशुली–१ परियोजनासँग ६ सदस्यीय चिनियाँ सुरुङ विज्ञ टोली सम्पर्कमा रहेको नेपाल वाटर एन्ड इनर्जी कम्पनीका प्रमुख कार्यकारी अधिकारी गिरिराज अधिकारीले बताए।
- अधिकारीका अनुसार आयोजनाको सुरुङमा अझै ४ सय मानिस फसिरहेको अनुमान छ र चिनियाँ विज्ञहरू भोलिबाट फिल्डमा खटिन सक्छन्।
१३ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित विद्युत् आयोजनामा उद्धारको लागि आएको ६ सदस्यीय सुरुङ विज्ञ टोली २१६ मेगावाटको अपर त्रिशुली–१ परियोजनाको सम्पर्कमा रहेको पाइएको छ ।
यसअघि प्रधानमन्त्री कार्यालयले सो चिनियाँ टोली रसुवास्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि परिचालन गरेको जानकारी दिएको थियो । तर, प्रधानमन्त्री कार्यालयले दिएको सूचना नै गलत रहेको पाइएको छ ।
सो परियोजनाको सुरुङमा मानिसहरु नै नफसकेको र चिनियाँ टोली परियोजना क्षेत्रमा नपुगेको आयोजना व्यवस्थापनले जानकारी दिएको थियो ।
त्यो चिनियाँ टोली आफूहरूको सम्पर्कमा रहेको तर अन्य आयोजनामा उद्धारमा गए नगएकोबारे आफूलाई जानकारी नरहेको अपर त्रिशुली–१ को निर्माण कम्पनी नेपाल वाटर एन्ड इनर्जी कम्पनीका प्रमुख कार्यकारी अधिकारी गिरिराज अधिकारीले जानकारी दिए ।
यो आयोजनाको सुरुङमा अझै पनि ४ सय मानिस फसिरहेको अनुमान रहेको अधिकारीले जानकारी दिए । यो आयोजनाको सिभिल कन्सट्रक्सनको काम ‘चाइना रेलवे’ले गरिरहेकाले सोही निर्माण कम्पनीसँगको समन्वयमा चिनियाँ विज्ञहरू आएको उनले बताए ।
‘उनीहरू चिनियाँ ठेकेदार कम्पनीको सम्पर्कमा छन्, भोलिबाट फिल्डमा खटिन्छन् होला,’ उनले भने ।

प्रतिक्रिया 4