+
+
Shares

रसुवाका सीडीओ भन्छन्- राति ३ बजेदेखि एक्कासि बढेको भोटेकोशी बाढीको बहाब घट्दै गएको छ

परियारले भने, ‘राति ३ बजेतिर ठूलो आवाज सुनियो । उक्त आवाजपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको हामीले थाहा पायौं । अहिल पछिल्लो समय यस क्षेत्रमा बाढीको बहाव घट्दै गएको देखिन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ६:५४
भोटेकोशीमा बढेको बाढीको बहाब ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा राति ३ बजेदेखि एक्कासि बढेको बाढीको बहाब अहिले क्रमशः घट्दै गएको छ।
  • प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले भने- राति ३ बजेतिर ठूलो आवाज सुनियो । उक्त आवाजपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको हामीले थाहा पायौं । अहिल पछिल्लो समय यस क्षेत्रमा बाढीको बहाव घट्दै गएको देखिन्छ ।
  • बाढी पूर्वानुमान महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपास तत्काल ठूलो बाढीको खतरा नरहेको जनाएको छ।

१४ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा राति एक्कासि बढेको बाढीको बहाब अहिले क्रमशः घट्दै गएको पाइएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार राति ३ बजेयता भोटेकोशीमा बाढीको बहाब एक्कासि बढेको हो ।

उनले अनलाइनखबरसँग भने, ‘राति ३ बजेतिर ठूलो आवाज सुनियो । उक्त आवाजपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको हामीले थाहा पायौं । अहिल पछिल्लो समय यस क्षेत्रमा बाढीको बहाव घट्दै गएको देखिन्छ ।’

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशीमा पानीको बहाव बढेको जनाएको छ ।

बाढीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङ नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाले आज बिहान पौने ६ बजे सूचना अद्यावधिक गर्दै तत्काल ठूलो बाढीको खतरा नरहेको जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?