+
+
Shares

ग्लोबल टाइम्स लेख्छ– भोटेकोशी माथिका दुई खोलाको संगममा बन्यो ठूलो ताल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १४:४६

११ भदौ, काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा ठूलो ताल बनेको जनाएको छ ।

छोचेन खोला र पुरेपु त्रिशूली नदी  अन्तर्गतका माथिल्ला सहायक नदीको रुपमा चिनिन्छ ।

यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोत/शाखा बन्ने गर्छन् । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशी/त्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालिसकेको बताइएको छ ।

आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ । जसका कारण तालको बाँध फुट्ने उच्च जोखिम रहेको चीनको केन्द्रीय टेलिभिजनले बिहीबार जनाएको छ ।

सम्भावित बाँध फुट्ने घटनाको तयारी गर्न र आपत्कालीन उद्धार कार्यमा सहयोग पुयाउन चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको ग्लोबल टाइम्सले लेखेको छ ।

सम्भावित बाँध फुटेपछि आउने बाढीको अवस्था अनुमान गर्न बाढीसम्बन्धी विश्लेषण पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?