+
+
Shares

विष्णुमती नदीको जल सतह खतरा नजिक

बाढी बढिरहेकाले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहानसम्मै उच्च सतर्क रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते २१:२१
फाइल तस्वीर

१५ भदौ, काठमाडौं । काठमाडौंमा अहिले भारी बर्षा भइरहेको छ । साँझदेखि परेको बर्षाले काठमाडौं उपत्यकाका खोलानालामा बाढीको स्तर बढाएको छ ।

यसैक्रममा काठमाडौंस्थित विष्णुमती नदीको जल सतह खतराको तह नजिक पुगेको छ । बाढी पूर्वानुमान महाशाखाको सूचनाका अनुसार गोंगबु जलमापन केन्द्रले विष्णुमतीको जल सतह खतरा तह नजिक मापन गरेको छ ।

बाढी बढिरहेकाले नदीको तल्लो तटिय क्षेत्रका बासिन्दा बिहानसम्मै उच्च सतर्क रहन बाढी पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?