+
+
Shares

बाढीपहिरो राहत कोषमा एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड रुपैयाँ सहयोग

रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनभिडियाका संस्थापक जेन्सेन हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।
  • यो रकम रसुवाको भोटेकोशी जलाधार क्षेत्रसहित बाढी प्रभावित जिल्लाको उद्धार, पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गरिनेछ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहयोगको पुष्टि गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल संकलन १० अर्ब रुपैयाँभन्दा बढी पुगेको बताए।

१९ भदौ, काठमाडौँ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेका छन्।

रसुवाको भोटेकोशी जलाधार क्षेत्र लगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनर्निर्माणका लागि उक्त रकम उपलब्ध गराइएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो आधिकारिक भिडियो सन्देशमार्फत उक्त सहयोगको पुष्टि गर्दै हुआङलाई नेपाल सरकारका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्। जेन्सेनको यो सहयोगले अरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने वाग्लेले बताए ।

यो सहयोग हालसम्म बाढी–पहिरो राहतका लागि कुनै पनि बहुराष्ट्रिय कम्पनी वा व्यक्तिबाट प्राप्त सबैभन्दा ठूला सहयोगमध्ये एक मानिएको हो।

अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको यस ऐतिहासिक सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

प्राप्त रकम रसुवा, नुवाकोट, धादिङ लगायतका बाढी प्रभावित जिल्लाहरूमा तत्काल राहत, विस्थापितको पुनर्स्थापना तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?