+
+
Shares

लक्ष्मी सनराइज बैंकले राहत कोषमा दियो ३ करोड २४ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० गतेको बाढीबाट प्रभावित नागरिकका लागि लक्ष्मी सनराइज बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ जम्मा गरेको छ ।
  • बैंकका तर्फबाट सो रकमको चेक अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई प्रदान गरिएको छ ।
  • बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति गरेको छ ।

१९ भदौ, काठमाडौं । १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि लक्ष्मी सनराइज बैंकले ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका तर्फबाट उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई प्रदान गरिएको छ ।

विपद्‌बाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको क्रम जारी छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका लागि वित्तीय क्षेत्रको सक्रिय सहभागिता देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?