News Summary
Generated by OK AI. Editorially reviewed.- धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सेल्फीडाँडामा इभी गाडी र ट्यांकर ठोक्किँदा दुई जना घाइते भएका छन्।
- दुर्घटनामा इभी चालक ४२ वर्षीय संजय मास्के र सवार ३८ वर्षीय कुल प्रसाद थापा मगर घाइते भएका छन्।
- दुवै घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ, र गाडी, ट्यांकर तथा चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।
३० भदौ, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ सेल्फीडाँडामा विद्युतीय गाडी र ट्यांकर ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार कोशी लोकमार्गमा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ७५२० नम्बरको ट्यांकर एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा विद्युतीय गाडी चालक तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. १ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिका वडा नं ३ चम्तामका ३८ वर्षीय कुल प्रसाद थापा मगर घाइते भएका छन् ।
मास्केको शरीरका विभिन्न भाग तथा खुट्टामा चोट लागेको छ भने थापा मगरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान पठाइएको छ ।
दुर्घटनापछि विद्युतीय गाडी, ट्यांकर र ट्यांकर चालकलाई इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरीका कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री जानकारी दिए ।
प्रतिक्रिया 4