+
+
Shares

धनकुटामा १ हजार २ सय ४० किलो गाँजासहित ट्रक फेला, चालक फरार

ईश्वर थापा ईश्वर थापा
२०८३ भदौ २४ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको साँगुरीगढी-७ फेदीमा प्रहरीले १ हजार २४० दशमलव ६ किलोग्राम गाँजासहित ना.४ ख ५२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको छ।
  • गए राति कोशी लोकमार्गमा चेकजाँचका क्रममा चालक ट्रकबाट हाम फालेर फरार भएका थिए।
  • जिल्ला प्रहरी कार्यालय धनकुटाले फरार चालकको खोजी भइरहेको र गाजा ओसारपसारविरुद्ध निगरानी तीब्र बनाइएको जनाएको छ।

२४ भदौ, धनकुटा । धनकुटामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्रक बरामद गरेको छ ।

प्रहरीले १ हजार २४० दशमलव ६ किलोग्राम गाँजा बरामद गरेको हो । गए राति साँगुरीगढी गाउँपालिका वडा नं. ७ फेदीस्थित कोशी लोकमार्गमा चेकजाँचका क्रममा गाँजासहितको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाटबाट खटिएको टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रक चेकजाँचका लागि रोकेको थियो । तर, प्रहरी टोलीले ट्रक रोक्न संकेत गर्ने क्रममा चालकले अचानक ट्रकबाट हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।

चालकको व्यवहार शंकास्पद लागेपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीको प्रहरी चौकी मुलघाटको टोलीलाई बोलाएर ट्रकको खानतलासी गर्दा ठूलो परिमाणमा लागूऔषध गाँजा फेला पारेको शसस्त्र प्रहरी बल नम्बर ६ गुल्म धनकुटाका प्रमुख डिएसपी राजेश फुयलले जानकारी दिए ।

गाँजा फेला परेपछि प्रहरीले ट्रकसहित गाँजा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालयमा नापतौल गर्दा गाँजाको कुल तौल १ हजार २ सय ४० दशमलव ६ किलोग्राम रहेको प्रहरीले जनाएको छ । यसैबीच, ट्रकबाट हाम फालेर फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

पछिल्लो समय कोशी लोकमार्ग अन्तरगत धनकुटा खण्ड हुँदै ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा चेकजाँचलाई तीब्र बनाउँदै आएको जनाएको छ ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?