+
+
Shares

जब महेश बाबुलाई शाहरूख खानले भने – अत्यन्तै प्यारा र दयालु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शाहरुख खानले एमहेश बाबूलाई ‘अत्यन्तै प्यारा र दयालु’ भन्दै खुलेर प्रशंसा गरेका छन् ।
  • शाहरुखको ‘किङ’ २०२६ डिसेम्बर २४ मा र महेश बाबुको ‘वाराणसी’ २०२७ अप्रिल ७ मा प्रदर्शन हुने तयारीमा छन् ।

शाहरुख खानले तेलुगु सिनेमाका सुपरस्टार महेश बाबूको खुलेर प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल एक्समा चलेको #askSRK सेसनका क्रममा शाहरुखले महेश बाबूलाई ‘अत्यन्तै प्यारा र दयालु’ भनेका हुन् ।

त्यससँगै, भारतीय चलचित्र उद्योगका दुई ठूला दिग्गजहरूबीचको यो आत्मीय सम्बन्धले अहिले सामाजिक सञ्जालमा प्रशंसकहरूको ध्यान खिचेको छ ।

फ्यानको लामो पर्खाइपछि मिल्यो जवाफ

‘आस्क एसआरके’ सेसनका क्रममा एक प्रशंसकले आफूले धेरै पटक सोधेको प्रश्नको उत्तर नपाएको भन्दै यसपटक महेश बाबूलाई एक शब्दमा वर्णन गर्न शाहरुखसँग अनुरोध गरेका थिए । प्रशंसकको आग्रहलाई ध्यानमा राख्दै शाहरुखले एक शब्दमा मात्र सीमित नरही महेश बाबूसँगका आफ्ना व्यक्तिगत भेटघाटका अनुभव सेयर गरे ।

‘हामी जतिपटक भेटेका छौं, उहाँ सधैं अत्यन्तै प्यारा र दयालु हुनुहुन्छ । उहाँलाई भगवानको आशिष रहोस्,’ शाहरुखले लेखेका छन् ।

दुवै कलाकारबीच पुरानो सद्‍भाव

शाहरुख र महेश बाबूबीच लामो समयदेखि परस्पर सम्मान र भाइचाराको सम्बन्ध रहँदै आएको छ । यसअघि नोभेम्बर २०२५ मा शाहरुख खानको ६०औं जन्मोत्सवको अवसरमा महेश बाबूले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै शुभकामना दिएका थिए । महेशले शाहरुखको सिनेमाप्रतिको जुनुन, दयालुपन र समर्पणको प्रशंसा गर्दै सुख, स्वास्थ्य र सफलताको कामना गरेका थिए ।

आगामी ठूला प्रोजेक्टमा व्यस्त दुवै स्टार

दुवै कलाकार अहिले भारतीय सिनेमाका सर्वाधिक प्रतीक्षित र ठूला बजेटका चलचित्रहरूमा व्यस्त छन् । शाहरुख खानको सिद्धार्ध आनन्द निर्देशित किङ आगामी डिसेम्बर २४, २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रमार्फत शाहरुख आफ्नी छोरी सुहाना खानसँग पहिलोपटक ठूलो पर्दामा देखिँदै छन् । चलचित्रमा अभिषेक बच्चन, दीपिका पादुकोण, अनिल कपूर, ज्याकी श्राफ, रानी मुखर्जी लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

त्यस्तै बाहुबली र आरआरआर ख्यातिप्राप्त निर्देशक एस.एस. राजामौलीको निर्देशनमा बनिरहेको बहुप्रतीक्षित चलचित्र वाराणसीमा महेश बाबू मुख्य भूमिका रुद्रको रूपमा देखिँदै छन् । टाइमट्राभल र एडभेन्चरमा आधारित यस चलचित्रमा प्रियंका चोपडा जोनास र पृथ्वीराज सुकुमारनको पनि मुख्य अभिनय रहेको छ । यो चलचित्र अप्रिल ७, २०२७ मा प्रदर्शन हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?