+
+
Shares

भोटेकोशी बाढीः चितवनमा फेला परेका १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीको बाढीपछि चितवनमा भेटिएका ३६४ शवमध्ये १४ शवको पहिचान भएको छ।
  • हराइरहेका व्यक्तिको पहिचानका लागि प्रहरीले ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरेको छ।
  • पहिचान नखुलेका ३४९ शवको सुरक्षित व्यवस्थापन गरिएको छ भने एउटा शवको व्यवस्थापन बाँकी छ।

३१ भदौ, नारायणगढ (चितवन)। रसुवाको भोटेकोशीमा गएको बाढीपछि चितवनमा ३६४ जनाको शव फेला परेकामा १४ शवको पहिचान भएको छ । हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरुका ८१ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेकामध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानुनी प्रक्रियामार्फत व्यवस्थापन गरिएको हो । पहिचान खुलेका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उनले जानकारी दिए।

पहिचान खुल्न नसकेका ३४९ शवको सुरक्षित व्यवस्थापन गरिसकिएको प्रहरी उपरीक्षक पौडेलले बताए। हाल एउटा शवको मात्र व्यवस्थापन गर्न बाँकी छ । व्यवस्थापन गरिएका सबै शवको डिएनए नमूना सुरक्षित राखिएको उनले बताए।

हराइरहेका व्यक्तिको पहिचान खुलाउन प्रहरीले आफन्तको डिएनए नमूना सङ्कलनलाई पनि प्राथमिकता दिएको छ । डिएनए नमूना सङ्कलन गरी विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?