News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ।
- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाबाट पालुङ माझफाल हुँदै रुकुमसम्म जोड्ने मोटरबाटो निर्माणमा आर्थिक वर्ष २०७८/७९ को बजेट दुरुपयोग भएको अख्तियारले दाबी गरेको छ।
- कम रकम कबुल्ने कम्पनीलाई अयोग्य ठहर्याई १ करोड ८ लाख कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा ७३ लाख ६१ हजार रुपैयाँ अनियमितता भएको आरोप लागेको छ।
६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल सहित आठ जनामाथि भ्रष्टाचारमुद्दा दायर गरेको छ ।
अख्तियारले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाबाट पालुङ माझफाल हुँदै रुकुमसम्म जोड्ने मोटरबाटो निर्माणमा अनियमितता भएको दाबी गरेको हो । अख्तियारको दावी अनुसार, आर्थिक वर्ष २०७८÷७९ को बजेट दुरुपयोग भएको हो ।
कम रकम कबुल्ने कम्पनीलाई ठेक्का दिनुपर्नेलाई उसलाई अयोग्य ठहर्याई एक करोड ८ लाख रुपैंया कबुल्ने छल निर्माण सेवालाई ठेक्का दिँदा अनियमितता भएको अख्तियारको आरोप हो ।
करिव ३४ लाख रुपैंया प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का नदिएर एक करोड ८ लाख रुपैंया प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिँदा ७३ करोड ६१ लाख रुपैंया अनियमितता भएको अख्तियारको आरोप हो ।
अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालिन इञ्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भिमबहादुर थापा, नगरपालिकाका एमआईएस अपरेटर हरिचन्द्र बिष्टविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले सडक निर्माणको बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ र छल निर्माण सेवा प्रा.ली.का सञ्चालक दिपचन्द्र रोकाया विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया 4