+
+
Shares

आइक्यानद्वारा पहिलो पटक विदेशमा सीए मेम्बरसिप परीक्षा सञ्चालन

नेपाल र दुबईमा एकैसाथ, एउटै समय र मितिमा परीक्षा सञ्चालन गरी परीक्षा प्रणालीको गोपनीयता, गुणस्तर र निष्पक्षता कायम गरिएको संस्थाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइक्यानले पहिलो पटक युएईको दुबईमा असोज २ र ४ गते सीए मेम्बरसिप परीक्षा सञ्चालन गरेको छ ।
  • नेपाल र दुबईमा एकैसाथ परीक्षा सञ्चालन गरी गोपनीयता, गुणस्तर र निष्पक्षता कायम गरिएको संस्थाले जनाएको छ ।
  • विदेशमा रहेका नेपाली लेखा व्यवसायीलाई सदस्यता प्रक्रिया सहज बनाउन परीक्षा केन्द्र स्थापना गरिएको आइक्यानले जनाएको छ ।

६ असोज, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पहिलो पटक विदेशमा सीए मेम्बरसिप परीक्षा सञ्चालन गरेको छ ।

संस्थाले युनाइटेड अरब इमिरेट्सको दुबईमा असोज २ र ४ गते परीक्षा सञ्चालन गरेको हो ।

नेपाल र दुबईमा एकैसाथ, एउटै समय र मितिमा परीक्षा सञ्चालन गरी परीक्षा प्रणालीको गोपनीयता, गुणस्तर र निष्पक्षता कायम गरिएको संस्थाले जनाएको छ ।

वैदेशिक रोजगारी तथा पेसाका सिलसिलामा विदेशमा रहेका नेपाली लेखा व्यवसायीलाई आइक्यानको सदस्यता प्राप्त प्रक्रिया सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सदस्यता परीक्षा सञ्चालन गरिएको आइक्यानले जनाएको छ ।

संस्थाका अनुसार विश्वभरि छरिएर रहेका नेपाली चार्टर्ड एकाउन्टेन्टहरूको आवश्यकता सम्बोधन गर्न विदेशमा पहिलो पटक परीक्षा केन्द्र स्थापना गरेको हो ।

परीक्षा व्यवस्थापनमा सहयोग पुर्‍याउने दुबईस्थित आईसीएएन च्याप्टर, सम्बद्ध कर्मचारी तथा सरोकारवालाप्रति पनि संस्थाले आभार व्यक्त गरेको छ ।

विदेशमा परीक्षा केन्द्र स्थापना भई सफलतापूर्वक परीक्षा सम्पन्न हुनुले अन्तर्राष्ट्रिय पहुँच विस्तार हुनुका साथै विदेशमा रहेका नेपाली लेखा व्यवसायीलाई ठूलो राहत पुग्ने आइक्यानको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?