News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले उपाध्यक्ष गोकर्ण बिष्टले निर्वाचनपछि प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन आत्मघाती र विनाशकारी हुने बताएका छन् ।
- केन्द्रीय कमिटी बैठकमा बिष्टले अध्यक्षको प्रतिवेदनमा पुनर्स्थापनाको आन्दोलनसम्बन्धी वाक्यांश फिर्ता लिन माग गरेका छन् ।
- बिष्टले निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको सर्वसम्मत प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत नगर्नु अवमूल्यन भएको बताएका छन् ।
७ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टले प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन गर्नेतिर जान नहुने बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष बिष्टले निर्वाचन सकिएको ८ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन आत्मघातीर विनाशकारी हुने बताएका हुन् ।
‘अध्यक्षको प्रतिवेदनमा पहिलो मुख्य कार्यभारमा प्रतिनिधि सभा पुनर्स्थापनाको लागि आन्दोलन गर्ने आशयको वाक्यांश छ,’ बिष्टले भनेका छन्, ‘निर्वाचनमा भाग नलिएको भए पुनर्स्थापनाको कुरा उठाउनु वा आन्दोलनको कुरा गर्नु त्यो जायज पनि हुन सक्थ्यो । तर निर्वाचनमा भाग लिएर पराजयको आठ महिना पछाडि प्रतिनिधि सभा पुनर्स्थापनाको लागि आन्दोलन गर्छौ भन्ने आशयले प्रतिवेदन आउने कुरा राजनीतिक नैतिकता, औचित्य र सान्दर्भिकताको हिसाबले यो अनुचित छ ।’
बिष्टले ओलीको प्रतिवेदन लेखन फिर्ता गर्न माग राखेका थिए । ‘पार्टीका लागि आत्मघाती र विनाशकारी हुन सक्दछ । त्यसकारण यो खालको लेखनलाई फिर्ता लिनुपर्छ ।’
निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन प्रस्तुत नगर्दा केन्द्रीय कमिटीकै अवमूल्यन हुने पनि बिष्टले बताए ।
‘बहुप्रतिक्षित कार्यदल कमरेड अध्यक्षले नै सिफारिस गरेर उहाँले नै रोजेका कमरेडहरु राखिएको हो,’ उनले भने, ‘यो कार्यदलले ल्याएको सर्वसम्मत प्रतिवेदनलाई कमिटीमा प्रस्तुत नगर्ने कुरा यो सम्मानित केन्द्रीय कमिटीप्रतिको अवमूल्यन हो । अपमान पनि हो ।’
प्रतिक्रिया 4