८ असोज,बुटवल । सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
नगर प्रमुखस्तरीय निर्णयअनुसार असोज ८ गते दिवा सत्रका सबै कक्षा बन्द रहनेछन्। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा सञ्चालन नहुने उपमहानगरपालिकाले जनाएको छ ।
सम्भावित बाढी, डुबान तथा प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको हो ।
उपमहानगरपालिकाले जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गरेको छ। साथै, बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन विद्यालय परिवार तथा अभिभावकलाई अनुरोध गरिएको छ।
विद्यालय बन्दको निर्णयअनुसार सम्बन्धित सबै विद्यालयले आवश्यक कार्यान्वयन गर्नसमेत उपमहानगरपालिकाले निर्देशन दिएको छ।
प्रतिक्रिया 4