+
+
Shares

वसन्तपुरमा कुमारीको सामूहिक पूजा (फोटो फिचर)

काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्रा पर्वअन्तर्गत लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीहरूको सामूहिक पूजाआजा गर्ने गरिन्छ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असोज ८ गते १८:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्द्रजात्राअन्तर्गत बुधबार लिङ्गो ठड्याएपछि काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ।
  • तलेजु भवानीको मन्दिरअगाडि महिनावारी सुरु नभएका बालबालिकालाई वैदिक परम्पराअनुसार पूजा गर्ने गरिन्छ।
  • नेवार समुदायमा ईही नगरेका २ देखि ८ वर्षसम्मका बालिकालाई कुमारीका रूपमा पुज्ने र मन्दिर परिक्रमा गराउने चलन छ।

८ असोज, काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा कुमारीहरूको सामूहिक पूजा गरिएको छ। इन्द्रजात्रा पर्वअन्तर्गत लिङ्गो ठड्याएको भोलिपल्ट कुमारीहरूको सामूहिक पूजाआजा गर्ने गरिन्छ। हिजो बुधबार यहाँ लिङ्गो ठड्याइएको थियो।

तलेजु भवानीको मन्दिर अगाडि कुमारीहरूको पूजा गरिएको हो। महिनावारी सुरु नभएका बालबालिकाहरूलाई वैदिक परम्पराअनुसार पूजाआजा गर्ने परम्परा छ।

यसरी कुमारीहरूको पूजा गर्नाले सुख शान्ति र समृद्धि प्राप्त हुने, दु:ख नष्ट हुने, रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

नेवार समुदायमा बेल विवाह (ईही) नगरेका २ वर्षदेखि ८ वर्षसम्मका बालिकाहरूलाई कुमारीको रुपमा पुज्ने गरिन्छ। पूजा गरेपछि कुमारीहरूलाई तलेजु भवानीको मन्दिर परिक्रमा गराइ मूल स्थानमा पूजा गरिन्छ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?