+
+
Shares

आफूलाई निष्कासन गरेको फिल्मसँगै भिड्दै बलेको ‘डल्लेले इन्ट्री मार्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सागर लम्साल ‘बले’ अभिनीत फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ आगामी २० कात्तिकदेखि प्रदर्शनमा आउने भएको छ ।
  • बलेले सामाजिक सञ्जालमा ‘यो वर्षको तिहारसँगै मनाउँला है । कात्तिक २० मा ।’ भनेर प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।
  • ‘डल्लेले इन्ट्री मार्‍यो’ बलेलाई निष्कासन गरिएको फिल्म ‘पाँच पाण्डव’सँग बक्स अफिसमा भिड्ने भएको छ ।

काठमाडौं । अभिनेता सागर लम्साल ‘बले’ अभिनीत फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ को प्रदर्शन मिति घोषणा गरिएको छ । बलेले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म आगामी २० कात्तिकदेखि प्रदर्शनमा आउने जानकारी दिएका छन् ।

प्रदर्शन मिति घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो वर्षको तिहारसँगै मनाउँला है । कात्तिक २० मा ।’

रोचक संयोग के छ भने, बलेको यो फिल्म आफूलाई नै निष्कासन गरेको फिल्म ‘पाँच पाण्डव’सँग बक्स अफिसमा भिड्ने भएको छ ।

‘पाँच पाण्डव’को छायांकन चलिरहेकै बेला एक अप्रत्याशित घटनापछि बलेलाई फिल्मबाट निष्कासन गरिएको थियो । उक्त घटनामा प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । केही दिन हिरासतमा बसेपछि उनी रिहा भएका थिए ।

राजु गिरी निर्देशित ‘डल्लेले इन्ट्री मार्‍यो’को घोषणा हुँदा बलेले फिल्मका लागि ३५ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चाले पनि निकै चर्चा पाएको थियो ।

‘पाँच पाण्डव’ बाट बलेलाई निष्कासन गरिएको घोषणापछि निर्माता सुशील सिटौलालाई अनुबन्धित गरेका थिए । बलेको भाग छायांकन पुनः सिटौलाले गरेका थिए ।

‘पाँच पाण्डव’ ले बिहीबार मात्र प्रदर्शन मिति घोषणा गरेको थियो । त्यसको एकदिनपछि शुक्रबार मात्र ‘डल्लेले इन्ट्री मार्‍यो’ फिल्मको प्रदर्शन तय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?