+
+
Shares

२१ वर्षीया विष्ट कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १४:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पद्मकन्या क्याम्पसकी स्ववियु सदस्य स्वस्तिका बिष्ट नेपाली कांग्रेसबाट बैतडी जिल्लाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन् ।
  • २१ वर्षीया बिष्टले राजनीतिक पारिवारिक पृष्ठभूमि र लोकतान्त्रिक पार्टीप्रतिको आस्थाले मूलधारको राजनीतिमा आएको बताइन् ।
  • कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसकी स्ववियु निर्वाचनमा ‘म्यान अफ द इलेक्सन’ भएकी २१ वर्षीया सरिता भट्ट नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

१० असोज, बैतडी । पद्मकन्या क्याम्पसकी स्ववियु सदस्य स्वस्तिका बिष्ट नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि चयन भएकी छन् ।

बैतडीको पाटन नगरपालिका–६ घर भएकी २१ वर्षीय बिष्ट जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी हुन् ।

राजनीतिक पारिवारिक पृष्ठभूमि र लोकतान्त्रिक पार्टीप्रतिको आस्था थप बलियो बन्दै गएकाले आफू मूलधारको राजनीतिमा आएको बिष्टले बताइन् ।

‘बुवा पनि पार्टीमा लामो समयदेखि राजनीतिमा हुनुहुन्छ । उहाँको प्रेरणाले पनि आफू यहाँ पुगेकी हुँ,’ बिष्टले भनिन् ।

कांग्रेसमा युवा प्रतिनिधिहरूले व्यापक स्थान पाइरहेकाले पार्टी रूपान्तरण हुँदै गएको आफूले महसुस गरेको पनि उनले बताइन् ।

बिष्ट पद्मकन्या क्याम्पसकी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यसमेत हुन् ।

बैतडीबाट प्रतिनिधित्व गर्दै कैलालीको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा ‘म्यान अफ द इलेक्सन’ भएकी २१ वर्षीया सरिता भट्टपनि नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?