+
+
Shares

विराटनगरमा दुर्घटना भएको गाडीमा ३९८ केजी गाँजा, चालक फरार

भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको कारलाई ठक्कर दिएको थियो । लगत्तै स्कारपियो चालक फरार भएका थिए । खानतलासीका क्रममा गाँजा बरामद भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १०:०९

११ असोज, दविराटनगर । शनिबार राति विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ ।

शनिबार राति १० बजे कोशी राजमार्गमा प्रहरी चौकी बरगाछीले गरेको आकस्मिक चेकिङ टोलीलाई देखेर इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को१च ७३९९ नम्बरको स्कार्पियो गाडी यु-टर्न गरी भागेको थियो ।

भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको थियो । लगत्तै स्करपियो चालक फरार भएका थिए ।

दुर्घटनापश्चात् तत्काल प्रहरी चेकिङ टोलीले स्कार्पियो गाडीभित्र खोजी गर्दा लुकाइछिपाइ राखिएको १३ पोका गाँजा बरामद गरेको थियो । बरामद गाँजा ३९८ केजी रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

फरार चालकको खोजी भइरहेको उनले बताए । दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?