News Summary
Generated by OK AI. Editorially reviewed.- लगातारको वर्षा र शनिबारको हावाहुरीले बाँकेमा धानबालीमा क्षति पुर्याएको छ ।
- नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ ।
- कृषि ज्ञान केन्द्रका अनुसार बाँकेमा ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको छ ।
११ असोज, बाँके । लगातारको वर्षासँगै शनिबारको हावाहुरीले बाँकेमा धानबालीमा क्षति भएको छ ।
नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ ।
डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4