+
+
Shares

सरकारले तोक्यो बर्खे धानबालीको समर्थन मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
  • मन्त्रिपरिषद् बैठकले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ मूल्य तोकेको हो ।

११ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ ।

कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो ।

‘आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्ने निर्णय भएको छ,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?