+
+
Shares

दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि फ्लाई दुबईको विमान डाइभर्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १३:२१

१४ असोज, काठमाडौं । यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच ‘हिंसात्मक घटना’ भएपछि विमान साउदी अरेबियातर्फ डाइभर्ट गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

विमान ३४ हजार फिटको उचाइमा उडिरहेका बेला करिब दुई मिनेटमै १६ हजार ६ सय फिट आसपासमा झरेको थियो । उडान ट्र्याकिङ तथ्यांकअनुसार यो घटना स्थानीय समयअनुसार राति करिब १ बजेर २० मिनेटमा भएको थियो ।

त्यसको करिब १२ मिनेटपछि विमानबाट आपत्कालीन संकेत पठाइएको थियो । घटनापछि विमानलाई साउदी अरेबियातर्फ मोडिएको हो ।

इजरायली अधिकारीले यो घटना विमान अपहरण नभएको बताएका छन् । उनीहरूका अनुसार विमानभित्रकै कर्मचारीबीच भएको घटनाका रूपमा यसलाई बुझिएको छ ।

आपत्कालीन संकेत प्राप्त भएपछि इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीले सुरक्षा परामर्श गरेका थिए । इजरायली रक्षा बल (आईडीएफ) का प्रवक्ताका अनुसार घटनापछि इजरायली लडाकु विमानसमेत परिचालन गरिएको थियो  ।

फ्लाईदुबईको विमान केही समयमै साउदी अरेबियामा अवतरण गर्ने अपेक्षा गरिएको छ । घटनाबारे फ्लाईदुबईको प्रतिक्रिया लिन सीएनएनले सम्पर्क गरेको जनाएको छ ।

-सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?