+
+
Shares

डा. प्रकाशशरण महत भन्छन्- सत्यका पक्षमा छौं, अदालतबाट न्याय पाउँछौं

महतले पूर्वसभापति देउवा असोज १८ गतेदेखि हुने महाधिवेशन उद्घाटनमा सहभागी हुने भन्दै प्रचार भइरहेको बताउँदै त्यसको  सम्भावना नरहेको दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १५:४७

१४ असोज, काठमाडौं । कांग्रेस नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको विवादमा आफूहरू सत्यको पक्षमा उभिएको भन्दै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन् । उनी पूर्वसभापति शेरबहादुर देउवा समूहमा संलग्न छन् ।

पोखरामा आयोजित कार्यक्रममा बोल्दै महतले कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट आएको नेतृत्वसम्बन्धी विवादमा आफूहरूले न्यायिक पुनरवलोकनको बाटो रोजेको बताए । यसअघिको अदालतको फैसला त्रुटिपूर्ण रहेको र सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएकाले आफूहरूको दाबी थप बलियो भएको उनको जिकिर छ ।

‘हामी एउटा सत्यको पक्षमा उभिएका छौं । सत्यको अवश्य पनि जित हुन्छ,’ नेता महतले भने, ‘अदालतले त्रुटिपूर्ण छ भनिसकेको छ । नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने हाम्रो विश्वास छ । न्याय पाउँछौँ ।’

महतले कांग्रेसको १५औं महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको सम्मानजनक सहभागितामा हुनुपर्ने धारणा राखे । यही विषयमा सहमति हुन नसकेपछि आफूहरू अदालत पुगेको उनको भनाइ छ ।

महतले पूर्वसभापति देउवा असोज १८ गतेदेखि हुने महाधिवेशन उद्घाटनमा सहभागी हुने भन्दै प्रचार भइरहेको बताउँदै त्यसको  सम्भावना नरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?