१६ असोज, सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३ धरहराका वडाध्यक्ष तिलकबहादुर मोक्तानको निधन भएको छ ।
मुटुरोगबाट पीडित ४७ वर्षीय मोक्तानको बिहीबार काठमाडौंमा उपचारका क्रममा निधन भएको उनका आफन्तले बताएका छन् ।
उपचारका लागि करिब एक महिनाअघि काठमाडौं गएका मोक्तानलाई पछिल्ला केही दिनदेखि ज्वरोसमेत देखिएको थियो ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।
मोक्तानको निधनप्रति स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयवासीले दु:ख व्यक्त गरेका छन् ।
मोक्तान २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट बागमती नगरपालिका–३ को वडाध्यक्षमा लगातार दुई कार्यकाल निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4