+
+
Shares

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

यसका लागि प्रहरी परिसर काठमाडौंले सुरक्षा चुनौतीहरू पहिचान गरी योजना बनाएको जनाएको छ। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १५:३५

१६ असोज, काठमाडौं । नेपाल प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना सुरु गरेको छ। जसका लागि प्रहरीले तीन हजार पाँच सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।
यसका लागि प्रहरी परिसर काठमाडौंले सुरक्षा चुनौतीहरू पहिचान गरी योजना बनाएको जनाएको छ।

प्रहरीले हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, धम्की, पकेटमार, चोरी, जुवा, लुटपाट, वैदेशिक मुद्रा ठगी, पेय पदार्थमा नसालु पदार्थ मिसाउनेलगायत सुरक्षा चुनौती रहेको र  चुनौतीलाई हेरेर योजना बनाइएको उल्लेख गरेको छ।

त्यस्तै प्रहरीले काठमाडौंको विभिन्न धार्मिक, सांस्कृतिक, परम्परागत ठाउँहरू, खाद्यन्न तथा खसी बजार, सार्वजनिक भिडभाड हुने ठाउँहरू, बसपार्क तथा सवारी व्यवस्थापन हुने ठाउँहरू,  कार्यालयहरू तथा बैंक वित्तीय संस्था, सपिङ मल, गरगहनाका पसलहरूलाई सुरक्षा प्रदान गर्नुपर्ने स्थानको रुपमा विभाजन गरको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?