२१ असोज, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका २ दयाधुरी जंगलमा विद्यालय जाने क्रममा बाटोमा लडेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ।
छत्रेश्वरी गाउँपालिका २ दहगाउँ निवासी जिबराज वलीकी छोरी प्रमिला वली मंगलबार बिहान करिब ८ बजे विद्यालय जाने क्रममा बाटोबाट करिब २५० मिटर तल खसेकी थिइन्।
जनता माध्यमिक विद्यालय गुरासेमा कक्षा १० मा अध्ययनरत वलीलाई स्थानीयले अचेत अवस्थामा फेला पारेका थिए ।
अचेत अवस्थामा फेेला परेकी वलीलाई उपचारका लागि स्थानीय मेडिकलतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4