+
+
Shares

ट्राफिक चेकिङका क्रममा मोटरसाइकलको ठक्करबाट तीन प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते ७:३८

२२ असोज, धनगढी । धनगढीमा बुधबार साँझ संयुक्त चेकजाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन जना प्रहरी घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी हवलदार उज्जवल सिंह साउद, सहायक हवलदार राधिका शाही र कमला खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।

उनकाअनुसार ट्राफिक प्रहरीसँगै नेपाल प्रहरीको पेट्रोल पम्प नजिकै संयुक्त सवारी चेकजाँचमा खटिएका तीनै जना प्रहरीलाई कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ बस्ने आशिष चौधरीले चलाएको से ३ प ८९५० नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मापसे गरेर तीव्र गतिमा चलाइरहेको मोटरसाइकलले चेकिङमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिएको हो ।

घाइते अवस्थाका प्रहरीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये प्रहरी हवलदार साउदको आईसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य दुई जना जनरल वार्डमा छन् । सहायक हवलदार खत्रीको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

तीनै जना प्रहरी धनगढीस्थित गणमा कार्यरत छन् । उनीहरू थप मद्दतमा चेकजाँचमा खटिएका थिए । चालकलाई भने प्रहरीले बुधबार साँझ नै पक्राउ गरिसकेको जनाएको छ । घटनाबारे थप अनुसनधान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?