फाइल तस्वीर
२२ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा विद्यादेवी भण्डारी पनि सहभागी हुँदैछिन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो ।
वरिष्ठ उपाध्यक्षको रूपमा उनी एमाले बैठकमा सहभागी हुन लागेको यो पहिलोपटक हो । राष्ट्रपति बन्नुअघि उनी एमालेको उपाध्यक्ष थिइन् ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले वरिष्ठ उपाध्यक्षको रुपमा विद्या भण्डारी आजको स्थायी कमिटी बैठकमा सहभागी हुने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4