२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा उजुरी दिएको भन्दै रुकुम पश्चिमको आठबिसकोटाका दीपक पुनमगरलाई २ हजार रुपैंया जरिवाना गरेको छ ।
अख्तियारले नेपाल प्रहरीको कुनै डीआईजीको नाम लिएर उनले झुटा उजुरी गरेको आरोप लगाएको हो ।
अख्तियारका अनुसार, एबी राईको नाममा एउटा उजुरी आएको थियो । उजुरीमा नेपाल प्रहरीको डीआईजी बताउने व्यक्तिले सहकारीको ऋण भुक्तानीसम्बन्धी विषयमा उजुरी मिलाइदिने भनी ४० लाख मागेको र त्यसमध्ये १५ लाख दिएको उल्लेख थियो ।
अनुसन्धान हुदा आठबीसकोटका दिपक पुन मगरले नै एबी राईको नामबाट उजुरी दिएको भेटिएको भन्दै अख्तियारले उनलाई दुई हजार रुपैंया जरिवाना गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4