+
+
Shares

बडा दसैँको टीका जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ४ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विजया दशमीको मुख्य दिन आज बिहान १०ः२६ बजेको साइतमा बडा दसैँको टीका र जमरा लगाउने कार्य सुरु भएको छ।
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले देवी विसर्जनको साइत आज बिहान ०८ः४९ बजेका लागि तय गरेको थियो।
  • घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जान निस्किएका छन्, र काठमाडौँबाट सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका छन्।

४ कात्तिक, काठमाडौं । विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

बिहान १०ः२६ बजेको उत्तम साइतमा टीका सुरु भएको हो । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानको उक्त साइत निकालेको हो ।

विजया दशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउनका लागि साइत खोज्नु नपर्ने र आज बिहानदेखि दिनभर नै बडा दसैँको टीका ग्रहण गर्न सकिने बताइएको छ ।

बिहान १०ः२६ बजेको साइत भए पनि टीका थाप्नका लागि टाढा टाढा जानुपर्ने नागरिकले बिहान दुर्गा बिसर्जन गरेपछि नै टीका लगाउन सुरु गरेका थिए ।

घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएकी देवीलाई विसर्जनको साइत आज बिहान ०८ः४९ बजेका लागि समितिले तय गरेको थियो ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।

घरमा टीका लगाएर कतिपय सर्वसाधारण काठमाडौँ बाहिर जानका लागि पनि निस्किएका छन् । टीकापछि काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेका देखिएको छ ।

टीकाको मुख्य दिन आज भएपनि आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन पनि छ ।

-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?