News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा-भोटेकोशी बाढी प्रभावित ३ हजार ६७ घरधुरीमध्ये ४९.५९ प्रतिशतले आफ्नै जग्गामा बस्ने चाहना देखाएका छन् ।
- राष्ट्रिय योजना आयोगको प्रारम्भिक पीडीएनए नतिजाअनुसार २६ प्रतिशतले बाढीअघि बसोबास गरिरहेकै स्थानमा बस्न चाहेका छन् ।
- करिब ३१ प्रतिशतले सरकारले जग्गा उपलब्ध गराएको स्थानमा बस्ने चाहना व्यक्त गर्दा १९.२४ प्रतिशतले सामूहिक आवास रोजेका छन् ।
८ कात्तिक, काठमाडौं । रसुवा-भोटेकोशी बाढीबाट थातथलो गुमाएकामध्ये करिब आधाले आफ्नै जग्गामा बस्ने चाहना व्यक्त गरेका छन् ।
बाढीअघि बसोबास गरिरहेकै स्थान वा आफ्नो स्वामित्वको अन्यत्रको जग्गामा बस्न चाहनेको संख्या ४९.५९ प्रतिशत देखिएको छ ।
त्यसमध्ये चौथाइभन्दा बढी (२६ प्रतिशत) ले भविष्यमा पनि बाढीअघि बसोबास गरिरहेकै स्थानमा बस्ने चाहना व्यक्त गरेका छन् ।
राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) का क्रममा गरेको घरधुरी सर्वेक्षणमा बाढी प्रभावित जनताले यस्तो चाहना व्यक्त गरेका हुन् । आयोगले सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखाका ६ हजार ८ सय १७ घरपरिवार प्रभावित भएका छन् । त्यसमध्ये आयोगले ३ हजार ६७ परिवारलाई उनीहरू भविष्यमा कहाँ बस्न चाहन्छन् भनेर सोधेको थियो ।
उनीहरुमध्ये पहिले नै बसोबास गरिरहेको स्थानमा बस्न चाहने दोस्रो धेरै संख्यामा देखिएका हुन् । जिल्लाभित्र आफ्नै स्वामित्वको जग्गामा बस्न चाहनेको संख्या पनि उल्लेख्य अर्थात् करिब १८.४२ प्रतिशत देखिएको छ ।
आयोगको सर्वेक्षणमा सहभागीमध्ये ५.१८ प्रतिशतले देशभित्र कुनै स्थानमा रहेको आफ्नै स्वामित्वको जग्गामा बस्ने चाहना देखाएका छ । तीन फरकरूफरक प्रकारका स्थान भए पनि आफ्नै निजी स्वामित्वकै जमिनमा भविष्यमा बसोबास गर्ने चाहना राख्नेको संख्या सर्वेक्षणमा सहभागीमध्ये करिब आधा देखिएको हो ।
त्यस्तै करिब ३१ प्रतिशतले सरकारले जग्गा उपलब्ध गराएको तर आफ्नो स्वामित्व नरहेको स्थानमा बस्ने चाहना व्यक्त गरेका छन् । सरकारले व्यवस्था गरेको सामूहिक आवासमा बस्न चाहनेको संख्या १९.२४ प्रतिशत छ । ०.५५ प्रतिशतले चाहिँ कहाँ बस्न चाहेको खुलाएका छैनन् ।
प्रतिक्रिया 4