+
+
Shares

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवानको दुई महिनापछि कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको भीषण बाढीमा बेपत्ता भएका प्रहरी जवान मिलन श्रेष्ठको शव नफेला परेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।
  • भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए र गत भदौ १० गते बाढीपछि सम्पर्कविहीन भएका थिए।
  • परिवारले दुई महिनासम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि अन्तिम संस्कार गरेको हो।

९ कात्तिक, रुकुमपूर्व । भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।

भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए । करिब एक वर्षदेखि त्यहाँ कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए ।

बाढीपछि परिवारले उनको खोजी जारी राखे पनि दुई महिनासम्म अवस्था पत्ता लाग्न सकेन ।

लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?