News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल इन्जिनियर्स एसोसिएसनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटनामा आपत्ति जनाएको छ।
- एसोसिएसनले कानुनी आधार र कारण सार्वजनिक नगरी गरिएको नियन्त्रणले विधिको शासन र पेशागत मर्यादामाथि प्रश्न उठाउने भन्दै तत्काल विवरण सार्वजनिक गर्न माग गरेको छ।
- सुनकोशी मरिण डाइभर्सन आयोजनाको नयाँ ठेक्का प्रक्रिया अघि बढ्ने तयारीबीच प्रहरीले दुवै इन्जिनियरलाई नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझाएको छ।
१३ कात्तिक, काठमाडौं । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख इन्जिनियर कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटनाप्रति नेपाल इन्जिनियर्स एसोसिएसनले आपत्ति जनाएको छ ।
एसोसिएसनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दुवै इन्जिनियरलाई नियन्त्रणमा लिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा कानुनी शासन, विधि प्रक्रिया तथा व्यक्तिको मौलिक हक सम्मान हुनुपर्ने एसोसिएसनको भनाइ छ । स्थापित कानुनी प्रक्रिया र आवश्यक आधारको पूर्णपालना गरेर मात्रै गिरफ्तारी तथा नियन्त्रणमा लिने प्रक्रिया अघि बढाउनुपर्ने उसको धारणा छ ।
आधिकारिक कारण तथा कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन र पेशागत मर्यादामाथि प्रश्न उठाउने भन्दै एसोसिएसनले यसप्रति गम्भीर असहमति व्यक्त गरेको छ ।
एसोसिएसनले सम्बन्धित निकायसँग दुवै इन्जिनियरलाई नियन्त्रणमा लिनुको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न माग गरेको छ । साथै, उनीहरूको मानव अधिकार र कानुनी अधिकारको पूर्ण प्रत्याभूति गर्न तथा कानुन बमोजिम निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान प्रक्रिया अवलम्बन गर्न आग्रह गरेको छ ।
सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेका बेला विभागका महानिर्देशक र आयोजनाका निर्देशकलाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।
प्रतिक्रिया 4