+
+
Shares

सर्वोच्चको पूर्ण बैठक जारी

पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा नगई निरन्तर फूलकोर्टमा छलफल गरिरहेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले समयसामयिक विषयमा छलफल गर्न सोमबार बिहान सर्वोच्च अदालतको फूलकोर्ट डाकेका छन् ।
  • फूलकोर्ट पेसी सूची प्रकाशित भए पनि इजलासमा नगई निरन्तर चलिरहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
  • डा. शर्मा र न्यायाधीश हरि फूयालको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले महाभियोग प्रस्तावबारे छलफल गरेको छ ।

१६ कात्तिक, काठमाडौं । सोमबार बिहानबाट सुरु भएको सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) अहिलेसम्म चलिरहेको छ । पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा नगई निरन्तर फूलकोर्टमा छलफल गरिरहेका हुन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार, कम्तिमा पनि खाजा खाने समयसम्म फूलकोर्ट लम्बिने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।

प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा र न्यायाधीश हरि फूयालको ह्वाट्सएप म्यासेज र अरु विवरण सार्वजनिक भएपछि सर्वोच्चको फूलकोर्टमा प्रश्न उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश डा. शर्माले समयसामयिक विषयमा छलफल गर्न सोमबार बिहान फूलकोर्ट डाकेका थिए ।

दुई थरी म्यासेज सार्वजनिक भएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाभियोगको प्रस्तावका बारेमा छलफल गरेको थियो । रास्वपाले त्यसबारे निर्णय गर्ने जिम्मेवारी संसदीय दललाई दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?