+
+
Shares

युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको मृत्यु, २७ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ११:१५

१७ कात्तिक, काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।

दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको हो ।

बीबीसीका अनुसार आक्रमणमा पाँच जना घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार २७ जना बेपत्ता भएका बीबीसीले जनाएको छ ।

आक्रमणमा राहत सामग्री वितरण केन्द्रलाई समेत निशाना बनाइएको बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘अत्यन्त भयावह’ भन्दै आक्रमणको निन्दा गरेका छन् ।

क्षेत्रीय प्रमुख मायखाइलो सेमिकिनलाई उद्धृत गर्दै प्रकाशित समाचारमा गाउँमा कम्तीमा नौवटा हवाई बम खसालिएको उल्लेख छ ।

तीमध्ये प्रत्येक बमको तौल करिब तीन हजार किलोग्राम रहेको बताइएको छ । घटनाबारे रुसी सेनाले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?