+
+
Shares

समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १८:२१

१७ कात्तिक, काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।

मंगलबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आदिवासी जनजाति आयोगको सातौं वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सबै जातजाति र समुदायको समान र एकिकृत विकासबाट मात्र राष्ट्रिय एकता सुदृढ हुने बताएका हुन् ।

उनले सबै जातजातिको भाषा, संस्कृति, भेषभुषा, संस्कार र रहनसहन मुलुकको सम्पत्ति भएकाले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

कार्यक्रममा संविधानको धारा २९४ को उपदफा ३ बमोजिम आदिवासी जनजाति  आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजाति आयोगका सातौं प्रतिवेदन प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा आयोगका अध्यक्ष थापा मगरले आदिवासी जनजाति आयोगले दिएको २० बुँदे सिफारिशलाई कार्यान्वयन गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?