+
+
Shares

इजरायल सदैव नेपालको हित चाहन्छ : राजदूत बास

आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गरे

रासस रासस
२०८३ कात्तिक १८ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारमा सहयोग गर्दै आएको बताए।
  • सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कूटनीतिक सम्बन्ध रहेको उल्लेख गरे।
  • उनले कर्णाली प्रदेशको विकासका लागि इजरायल सरकार सकारात्मक रहेको र पत्रकारिताको भूमिकाले दुवै देशबीचको सद्भाव बढ्ने बताए।

१८ कात्तिक, कर्णाली। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्।

आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कूटनीतिक सम्बन्ध रहेको चर्चा गरे।

उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए।

राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए।

उनले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताउँदै दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?