+
+
Shares

रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ

रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १९:४९

१८ कार्तिक, रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रौतहटको इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले ३० लाख रुपैयाँ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त रकम भेटिएको हो ।

सो क्रममा मोटरसाइकल चालक भारतको बिहार पूर्वी चम्पारणका ३० वर्षीय सनीकुमार जैसवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जैसवाललाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई दिनका लागि ल्याएको खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले न्यू तराई ट्रेडर्समा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको थियो । त्यसपछि प्रहरीले पसल सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएको छ ।

यसरी दुवै स्थानबाट कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

बरामद रकमको स्रोत तथा घटनाबारे दुवै जनामाथि थप अनुसन्धान भइरहेको उपरीक्षक रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?