News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको बिगु गाउँपालिका–१ स्थित लाप्ची पुगेर लेखिकाले चारैतिर फैलिएको हरियाली, हिमाली दृश्य, शान्त वातावरण र बौद्ध गुम्बा अवलोकन गरिन्।
- लेखिकाले लाप्चीमा यातायात, स्वास्थ्य र सञ्चारजस्ता आधारभूत सुविधाको अभावले स्थानीयको दैनिकी कठिन बनेको बताइन्।
- लेखिकाका अनुसार प्राकृतिक सौन्दर्य, बौद्ध सम्पदा र आध्यात्मिक वातावरणका कारण लाप्ची पर्यटनको विशिष्ट गन्तव्य बन्न सक्छ।
जीवन एक यात्रा रहेछ। कसैका लागि नयाँ ठाउँको अवलोकन, कसैका लागि मनोरञ्जन त कसैका लागि जीवन बुझ्ने माध्यम। मलाई भने नयाँ भूगोलसँग परिचित हुनु र प्रकृतिको नजिक केही समय बिताउनु नै यात्राको सबैभन्दा ठूलो आनन्द लाग्छ।
यस्तै यात्राको मोह बोकेको मलाई आफ्नै जिल्ला दोलखाको बिगु गाउँपालिका–१ स्थित लाप्ची पुग्न वर्षौँ कुर्नुपर्यो। चीनको सीमानजिक रहेको लाप्चीको धार्मिक र ऐतिहासिक महत्त्वबारे सुन्दै आएको थिएँ। यसपटक भने त्यहाँ पुगेर आफ्नै आँखाले प्रकृतिको सुन्दरता नियाल्ने अवसर मिल्यो।
लाप्ची पुगेपछि मैले कल्पना गरेकोभन्दा निकै फरक र सुन्दर भूगोल पाएँ। चारैतिर फैलिएको हरियाली, विशाल हिमाली दृश्य, शान्त वातावरण र बौद्ध गुम्बाको आध्यात्मिक आभाले मनै लोभ्यायो। त्यहाँको मौनता र प्राकृतिक सौन्दर्यले केही समयका लागि सांसारिक व्यस्तता र भागदौड नै बिर्साइदियो। लाग्यो, प्रकृतिको काखमा शान्ति खोज्न धेरै टाढा जानुपर्दैन रहेछ।
लाप्चीको सुन्दरता जति मनमोहक छ, त्यहाँको जीवन त्यति सहज भने छैन। यातायात, स्वास्थ्य र सञ्चारजस्ता आधारभूत सुविधाको अभावले स्थानीयको दैनिकी कठिन बनाएको अनुभूति भयो। यस्तो सम्भावना बोकेको ठाउँमा विकास र संरक्षणलाई सँगसँगै अघि बढाउन आवश्यक देखिन्छ।
प्राकृतिक सौन्दर्य, बौद्ध धार्मिक सम्पदा र आध्यात्मिक वातावरणका कारण लाप्ची पर्यटनको विशिष्ट गन्तव्य बन्न सक्छ। तर विकासका नाममा यसको मौलिकता र प्रकृति मासिनु हुँदैन।
लाप्चीको यात्रा मेरा लागि नयाँ ठाउँ घुमेको अनुभव मात्र रहेन। यसले आफ्नै जिल्लाको प्राकृतिक सम्पदा, धार्मिक महत्त्व र दुर्गम बस्तीको वास्तविकता बुझ्ने अवसर दियो।
लाप्ची, तिमी साँच्चै सुन्दर छ। यहाँको प्राकृतिक सौन्दर्य र आध्यात्मिक महिमा संसारले चिन्न अझै बाँकी छ।

प्रतिक्रिया 4