News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगमा आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स दिउँसो साढे १२ बजे भिड्नेछन्।
- काठमान्डु ५ खेलमा ४ जितसहित दोस्रो स्थानमा र सुदूरपश्चिम ६ खेलमा ४ जितसहित तेस्रो स्थानमा छ।
- आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्, चितवन पाँचौं र जनकपुर छैटौं स्थानमा छ।
२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् ।
५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ ।
सुदूरपश्चिम भने अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।
यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुन्छन् ।
चितवन भने अंक तालिकाको पाँचौं स्थानमा छ । उसले ५ खेलमा २ मा जित,२ मा हार र एकमा वर्षका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।
जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ । ६ खेलमा ४ खेल हार्दा मात्रा २ खेल जितेको छ ।
प्रतिक्रिया 4