+
+
Shares

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ६:४४
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स दिउँसो साढे १२ बजे भिड्नेछन्।
  • काठमान्डु ५ खेलमा ४ जितसहित दोस्रो स्थानमा र सुदूरपश्चिम ६ खेलमा ४ जितसहित तेस्रो स्थानमा छ।
  • आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्, चितवन पाँचौं र जनकपुर छैटौं स्थानमा छ।

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् ।

५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ ।

सुदूरपश्चिम भने अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुन्छन् ।

चितवन भने अंक तालिकाको पाँचौं स्थानमा छ । उसले ५ खेलमा २ मा जित,२ मा हार र एकमा वर्षका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

जनकपुर अंक तालिकाको छैटौं स्थानमा छ । ६ खेलमा ४ खेल हार्दा मात्रा २ खेल जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?