+
+
Shares

कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले कोप–३१ मा आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ।
  • कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्योगका लागि जग्गा, सहुलियत विद्युत्, कर छुट र नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
  • सांसद् डा. राम लामाले परियोजनामा बजार र मूल्य सुनिश्चितताका लागि ‘फर्टिलाइजर पर्चेज एग्रिमेन्ट’ र ‘भायबिलिटी ग्याप फन्ड’ आवश्यक रहेको बताए।
  • नेपाल पेभिलियनमा भएको छलफलमा वार्षिक करिब पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन क्षमताको उद्योग स्थापना गर्ने योजना प्रस्तुत गरिएको छ।

२७ कात्तिक, काठमाडौं । नेपालले कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ ।

नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उद्योग स्थापना गर्ने महत्वाकांक्षी योजना अघि सार्दै लगानी आह्वान गरेको हो ।

आगामी पाँच वर्षभित्र स्वदेशमै ग्रीन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित सरकारले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरिएको भ्रमणमा सहभागी डा। राम लामाले जानकारी दिए । डा। लामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् हुन् ।

उनका अनुसार कोप–३१ मा नेपालको तर्फबाट कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रीन हाइड्रोजनमा आधारित मल उद्योग स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

उद्योग स्थापनाका लागि आवश्यक जग्गा उपलब्ध गराउने, उद्योगलाई प्रतिस्पर्धी बनाउन सहुलियत दरमा विद्युत् उपलब्ध गराउने, उपकरण तथा मेसिनरी आयातमा कर छुटलगायतका सहुलियत प्रदान गर्ने र आवश्यकताअनुसार नीतिगत संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

साथै, स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रविधि प्रदायकलाई ठोस प्रस्तावसहित परियोजनामा सहभागी हुन आग्रह गरेकी हुन् ।

यसबारे छलफल भएको सत्रका अध्यक्षता सांसद् डा। राम लामाले गरेका थिए । त्यसक्रममा उनले नेपाल सरकारले अघि सारेको ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल उत्पादन प्लान्टको विकासको अवधारणा, विवरण र मोडालिटीहरूबारे व्याखया गरेका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताबाट प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी गराए ।

परियोजनालाई व्यावसायिक रूपमा लगानीयोग्य बनाउन सस्तो र भरपर्दो विद्युत् आपूर्ति, उत्पादित मलको बजार तथा मूल्य सुनिश्चितता महत्वपूर्ण हुने भन्दै उनले लगानीकर्तालाई बजार र मूल्यको सुनिश्चितता प्रदान गर्न ‘फर्टिलाइजर पर्चेज एग्रिमेन्ट’को व्यवस्था आवश्यक रहेको र यसनिम्ति नेपाल तयार रहेको बताए ।

साथै, प्रारम्भिक लगानीको जोखिम न्यूनीकरण र परियोजनाको वित्तीय सम्भाव्यता सुनिश्चित गर्न सरकारले ‘भायबिलिटी ग्याप फन्ड’ मार्फत आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराए ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ९कोप३१० अन्तर्गत नेपाल पेभिलियनमा बिहीबार आयोजित कार्यक्रममा ग्रीन हाइड्रोजन र ग्रीन अमोनियाको उत्पादन तथा तिनको प्रयोगबाट वार्षिक करिब पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन क्षमताको उद्योग स्थापना गर्ने योजनाबारे विस्तृत छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?