+
+
Shares

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङ यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा हुने विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ प्रस्थान गरेका छन्।
  • सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि विकास र अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान गर्ने प्राथमिकता रहने सचिवालयले जनाएको छ।
  • गुरुङले सम्मेलनमा यूएईसहित अन्य मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री र सुरक्षा प्रमुखसँग द्विपक्षीय भेट गरी प्राविधिक सहयोगबारे छलफल गर्नेछन्।

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यास आदानप्रदान प्राथमिकतामा रहने गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

सम्मेलनमा उच्चस्तरमा नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, उच्चस्तरीय राउन्डटेबल बैठक, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी, विश्व प्रहरी पुरस्कार लगायतका गतिविधि हुने बताइएको छ ।

सम्मेलनको यस संस्करणमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण, अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली, भू–उपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षा लगायतका १४ विषयगत क्षेत्रहरू समेटिएका छन् ।

सम्मेलनमा गृहमन्त्री गुरुङले संयुक्त अरब इमिरेट्स तथा अन्य मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटघाट गरी सुरक्षाको क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानको सम्बन्धमा छलफल गर्ने, मानव बेचबिखन, मानव तस्करी, साइबर अपराध लगायतका अवसर उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?