+
+
Shares

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस आह्वान, मंसिर ४ गतेसम्मको समय

प्रदेश प्रमुखको कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म पेस गर्नुपर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १६:४४

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

प्रदेश प्रमुखको कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आफ्नो दाबी २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म पेस गर्नुपर्नेछ ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज सदनमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि पदबाट राजिनामा दिएका थिए ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?