News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ।
- नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको विश्वविद्यालयले आफ्नै शैक्षिक र प्रशासनिक गतिविधि चलाउने पूर्वाधार पाएको छ।
- पूर्वमन्त्री विमलेन्द्र निधिले भवन हस्तान्तरणबाट विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
२८ कात्तिक, जनकपुरधाम । सरकारले जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।
सरकारको निर्णयअनुसार भवनका सम्पूर्ण भौतिक संरचना विश्वविद्यालयलाई हस्तान्तरण गरिएको हो ।
भवन प्राप्त भएसँगै स्थापनाको नौ वर्षदेखि भाडाको घरबाट सञ्चालन हुँदै आएको विश्वविद्यालयले आफ्नै शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्ने पूर्वाधार पाएको छ ।
विश्वविद्यालय र निधि भवन दुवैको स्थापनामा भूमिका निर्वाह गर्नुभएका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले शनिबार भवनको अवलोकन गरे ।
सो अवसरमा उनले भवन हस्तान्तरणबाट विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै खुसी प्रकट गरे ।
उनले दुवै संस्थालाई एउटै छातामुनि राख्ने आफ्नो चाहना पूरा भएको उल्लेख गर्दै सङ्घीय सरकारको निर्णयप्रति आभार व्यक्त गरे ।
विश्वविद्यालयले भवनलाई शैक्षिक तथा प्रशासनिक गतिविधिका साथै मिथिला कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा उपयोग गर्ने जनाएको छ । चालु वर्ष भवनमा तीनवटा अन्तरराष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिएको छ ।
अत्यधुनिक सभाहल र दुईतले प्रशासनिक भवनलगायतका संरचना रहेको निधि भवन विश्वविद्यालयको शैक्षिक गतिविधि विस्तारमा उपयोग हुने अपेक्षा गरिएको छ । रासस
प्रतिक्रिया 4